नियम १११
लोक सेवा आयोगको परामर्श लिने कार्यविधि
कुनै निजामती कर्मचारीलाई विभागीय सजायको आदेश दिनुभन्दा पहिले सजायको
आदेश दिन पाउने अधिकारीले ऐनको दफा ६८ बमोजिम लोक सेवा आयोगको परामर्शको निमित्त लेखी पठाउंदा तत्सम्बन्धमा प्रस्तुत
भएका सफाई, स्पष्टीकरण तथा सबुत प्रमाण समेतको मूल्याङ्कन गरी सो आधारमा ठहर गर्न खोजिएको विभागीय सजाय समेत
प्रस्तावित गरी सम्बन्धित मन्त्रालय, सचिवालय वा आयोगकोे सचिव मार्फत सम्बन्धित सबै सक्कल कागजात सहितको फायल संलग्न
राखी पठाउनु पर्नेछ ।